ताजा समाचार

नेकपा एमाले अध्यक्षमा ओली विजयी

काठमाडाैँ । नेकपा एमालेको चितवनमा जारी १०औं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओली अध्यक्ष पदमा निर्वाचित भएका छन्।

चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् ।

एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार अध्यक्ष पदमा केपी शर्मा अ‍ोलीले १८०८ मत प्राप्त गरेर बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी भीम रावलले २१३ मत प्राप्त गरेका छन् ।

एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो। एमालेका दुई हजार १५३ प्रतिनिधिमध्ये २ हजार ९६ मत खसेको बताइएको छ। मतदान गर्ने अन्तिम समय ११ः१५ बजे सम्म ५७ जना मतदाता अनुपस्थित भएका छन्।

महाधिवेशनअन्तर्गत विभिन्न ५० पदका लागि मतदान भएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org