ताजा समाचार

राप्रपामा अध्यक्ष उमेदवारी शु्ल्क एक लाख रुपैयाँ तोकियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रत्यक्ष निर्वाचन हुने पदहरूमा उमेदवारी शुल्क तोकिएको छ ।

केन्द्रीय निर्वाचन समितिले अध्यक्ष पदमा उमेदवारी दिन एक लाख रुपैयाँ शुल्क तोकेको छ ।

यस्तै, उपाध्यक्षको उमेदवार बन्न ७५ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । महामन्त्री पदमा लड्न ५० हजार तिरेर उमेदवारी दर्ता गराउनुपर्ने जनाइएको छ ।

निर्वाचन समितिले तोकेको शुल्कानुसार पार्टीको केन्द्रीय सदस्य बन्न १५ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

बुधबारदेखि काठमाडौंको भृकुटीमन्डपमा पार्टीको एकता महाधिवेशन जारी छ । यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वमा अध्यक्ष कमल थापा र पूर्वमहामन्त्री राजेन्द्र लिङ्देन प्यानल बनाएर चुनाव लड्ने तयारीमा छन् ।

पार्टीको १९९ सदस्यीय कार्यसमिति बन्नेछ । जसमा अध्यक्ष, तीन उपाध्यक्ष, तीन महामन्त्री र केन्द्रीय सदस्यमा प्रत्यक्ष निर्वाचन लड्नुपर्ने हुन्छ । तीन उपाध्यक्ष, तीन महामन्त्री तथा सात सहमहामन्त्री, सात सहायक महामन्त्री तथा एक कोषाध्यक्ष अध्यक्षले मनोनयन गर्न पाउने विधानमा व्यवस्था छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org