ताजा समाचार

महामन्त्रीमा हार व्यहोरेकी अभिनेत्री रेखा थापा भन्छिन्, ‘मलाई आएको मतसँग म एकदमै सन्तुष्ट छु’

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता अधिवेशनमा महिला महामन्त्रीको पदमा उठेकी अभिनेत्री रेखा थापा पराजित भइन्।

१६ सय ४७ भोट ल्याएकी थापा प्रतिस्पर्धी कुन्तीकुमारी शाहीसँग ३ सय ६१ मतले पछाडि परिन्।

अन्तिम मत परिणामपछि थापाले आफूलाई हराउने उम्मेदवारको तस्बिरसहित शुभकामना दिएकी छन्। चुनावी प्रचार प्रसारको समयमा ‘राजनीति गर्न चलचित्र खेलेजति सजिलो छैन’ भन्ने प्रतिक्रिया दिएकी शाहीलाई उनले बलियो हुन र पार्टीलाई सही ढंगले नेतृत्व गर्न शुभकामना दिएकी छन्।

‘उहाँले २० वर्षदेखि पार्टीको सेवा गर्नु भएको छ, म बल्ल आएको ४ वर्ष भयो। नतिजाले म असाध्यै सन्तुष्ट छु,’  उनले भनिन्, ‘उहाँ त्यो पदको लागि उहाँ योग्य हुनुहुन्छ तर मेरो पनि त्यत्रो भोट आउनु सामान्य होइन।’

उनले अगाडि भनिन्, ‘हारजित खेलाडीकै हुन्छ। फुटबलमा गोल नै नहानी हार्नु र गोल गरेर हार्नु फरक हुन्छ नि हैन ? मेरो लागि यो अपेक्षित नतिजा हो ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org