ताजा समाचार

एमाले केन्द्रीय कमिटी बैठक जर्मन पार्टी प्यालेसमा

काठमाडाैँ ।  नेकपा (एमाले)को केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बस्ने भएको छ ।

मंसिर २५ र २६ गते बस्ने बैठक भक्तपुरस्थित जर्मन हाउस पार्टी प्यालेसमा बस्ने पार्टी सचिव पद्मा अर्यालले बताइन् ।  सचिव अर्यालका अनुसार बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।

बैठकको मिति चितवनस्थित दशौं राष्ट्रिय महाधिवेशन हलमै अध्यक्ष ओलीले घोषणा गरेका थिए । स्थान भने मंगलबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको महासचिव तथा सचिवहरूको बैठकले तय गरेको हो ।

महाधिवेशनपछिको पहिलो बैठक भने चितवनको सौराहामै बसेको थियो । एमालेले महाधिवेशन अघिसम्म केन्द्रीय कमिटीलगायतका बैठक च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा राख्दै आएको थियो । महाधिवेशनपछि केन्द्रीय कमिटीको संख्या बढेर ३०१ भएपछि च्यासलमा स्थान अभाव हुने भएकाले बैठक भक्तपुरमा बस्न लागेको सचिव योगेश भट्टराईले  जानकारी दिए । केन्द्रीय कमिटीले स्थायी कमिटी र पोलिटब्युरो कमिटी गठन गर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org