ताजा समाचार

काँग्रेस केन्द्रीय समितिको बैठक पौडेलले बहिस्कार गर्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा केहीबेरमा बस्दैछ ।

बैठकमा नेताहरू आउने क्रम जारी छ । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल भने बैठकमा उपस्थित नहुने भएका छन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेललाई फोन गरेर उनले बैठकमा नआउने जानकारी गराएको स्रोतले बतायो । रामचन्द्र पौडेलको सचिवालयले विशेष कारण केही नभए पनि उनी बैठकमा उपस्थित नहुने बताएको छ ।

आजको बैठकमा शुक्रबारदेखि सुरू हुने पार्टीको १४औँ महाधिवेशनमा पेस गरिने कार्यसूची, महाधिवेशनको तयारीलगायत विषय एजेण्डा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org