ताजा समाचार

राजाले पनि पार्टी खोले हुन्छ नभए व्यापार गरे हुन्छ : माधव नेपाल

काठमाडौँ । नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना दिँदै नेपालमा राजतन्त्रको कुनै भविष्य र सम्भावना नरहेको बताएका छन्।

उनले पूर्वराजालाई नयाँ पार्टी खोल्न चेतावनी दिँदै भने, ‘नत्र एउटा व्यापार खोलेर बसे हुन्छ।’

उनले राजनीतिक दलहरुले नै सम्बृद्धिको यात्रा अगाडि बढाउने दाबी गरे। ‘पार्टीभित्र र बाहिर भएका विकृतिलाई पन्छाउनुपर्छ,’ उनले भने।

उनले प्रतिगामी तत्त्वहरुलाई फेरि शीर उठाउने दुस्साहस नगर्न पनि उनले चेतावनी दिए।

भष्ट्राचार, मैमत्त हुने स्वभाव, अरुको सम्मान नगर्ने प्रवृत्ति नेपाली राजनीतिको विकृति रहेको उनले उल्लेख गरे।

दोस्रो जनान्दोलनमा हातेमालो गर्दै अगाडि बढेको उल्लेख गर्दै सबै मैदानमा उत्रिएको बताए।

उनले १६ वर्षअगाडिको स्मरण गरे जहाँ उनले नेपाली कांग्रेसको राष्ट्रिय महाधिवेशनमा भाग लिन पाएका थिए। गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले नेतृत्व गरेका दुई बेग्लाबेग्लै पार्टी भएको बेला राष्ट्रिय महाधिवेशनमा आफू संलग्न रहेको उनले उल्लेख गरे।

उनले अब सामाजिक तथा आर्थिक रुपान्तरणको काम बाँकी रहेको पनि उल्लेख गरे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org