ताजा समाचार

शान्ति, संविधान र विकासको मिसनलाई सुदृढ गर्नबाट कांग्रेस दायाँ-बायाँ नहोस् : प्रचण्ड

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस शान्ति र संविधानलाई सुदृढ बनाउन क्रियाशील हुनुपर्ने बताएका छन् ।

भृकुटीमण्डपमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले कांग्रेस पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको चाहनाअनुरुप शान्ति र संविधानको नारा अघि सारेको पार्टीलाई त्यसलाई सुदृढ बनाउन क्रियाशील हुनुपर्ने बताए ।

‘हाम्रो लोकतान्त्रिक गन्तव्यबाट विचलित हुनुहुँदैन । कांग्रेसले शान्ति संविधान र विकासको मिसनबाट दायाँ-बायाँ हुनुहुँदैन,’ उनले भने ।

सत्तामा रहँदा जनतासँग गरिएका प्रतिबद्धता भुल्ने गल्ती बारम्बार भइरहेकाले अब त्यस प्रवृत्तिको अन्त्य हुनुपर्ने प्रचण्डले बताए । ‘हामी अब शान्ति प्रक्रियाको टुंगो लगाउन र समृद्धिको एजेण्डामा इमान्दार हुनैपर्छ । हाम्रो शैली परिवर्तन गर्न हामी सबैले मन्थन गर्न जरुरी छ,’ उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org