ताजा समाचार

स्थायी कमिटी र पोलिटव्यूरो गठनप्रति उपमहासचिव गुरुङको असन्तुष्टिः व्यक्तिगत निर्णय लिनु गलत

काठमाडौं । नेकपा एमालेका उपामहासचिव पृथ्वीसुब्बा गुरुङले स्थायी कमिटी र पोलिटव्यूरो गठनप्रति असन्तुष्टि जनाएका छन् ।

केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नाम प्रस्ताव गरेपछि उनले असन्तुष्टि जनाएका हुन् । मापदण्ड नबनाएको र व्यक्तिगत निर्णय गर्दा २/३ कार्यकाल काम गरेका नेताहरु समेत पोलिटव्यूरोमा छुटेको भन्दै गुरुङले भनेका छन्, हामी कसरी लिडरसिपको विकास गर्छौ भन्ने कुरा मुख्य हो । एउटा मापदण्ड बनाएनौं भने हुने यस्तै हो ।’

व्यक्तिगत रुपमा निर्णय लिनु गलत भएको भन्दै उनले सामूहिक निर्णय प्रणालीमा जानुपर्नेमा जोड दिएका छन् । शनिबार शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा  अध्यक्ष केपी शर्मा ओलीले ४४ जनालाई केन्द्रीय कमिटीमा मनोनयनको प्रस्ताव गरेका छन् । त्यस्तै उनले पोलिट्व्यूरो र स्थायी कमिटीमा पनि नेताहरुको नाम प्रस्ताव गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org