ताजा समाचार

सभापति उम्मेदवार देउवा,कोइराला र सिंहले गरे मतदान

काठमाडाैँ । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवारहरू शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहले मतदान गरेका छन्।

काठमाडौंमा जारी १४औँ महाधिवेशनअन्तर्गत सोमबार भइरहेको निर्वाचनमा देउवाले सुदूरपश्चिम बुथ र कोइरालाले प्रदेश नम्बर १ को बुथबाट  र सिंहले बागमती केन्द्रको बुथबाट मतदान गरेका हुन्।

राष्ट्रियसभा गृहको मतदान केन्द्रमा पुगेर उनीहरूले मतदान गरेका हुन्। सभापतिका लागि देउवा, कोइराला र सिंहबाहेक बिमलेन्द्र निधी र कल्याण गुरूङले उम्मेदवारी दिएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org