ताजा समाचार

देशमा राष्ट्रवादी र दक्षिणपन्थी दुई धार छन्, जसमा राष्ट्रवादी धारको अध्यक्ष ओलीले गर्नुहुन्छः नेता गाैतम

काठमाडाैँ ।  नेकपा एमाले स्थायी कमिटि सदस्य तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र गाैतमले यति देशमा राष्ट्रियवादी र दक्षिणपन्थि राजनितीकबधार रहेको, जसमा राष्ट्रवादी  धारको नेतृत्व नेकपा एमालेले गरिरहेको बताएका छन ।                 आज राजधानिमा काठमाडाैमा संखुवासभा- काठमाडाै सम्पर्क मञ्चद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा नेता गाैतमले बताएका हुन । एक कार्यक्रमका विच नेकपा एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गाैतम, केन्द्रिय सदस्य/प्रदेश कमिटी अध्यक्ष तुलसी प्रसाद न्याैपाने र प्रेस चाैतारीका केन्द्रिय सदस्य सजिव कालाखेतीलाई बधाई ज्ञापन तथा सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य गाैतमले भनेः यति बेला देशमा मुलतः राजनिती २ धार छन् जसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको राष्ट्रबादी धार र नामका बामपन्थी व्यवहारका दक्षिणपन्थी, अवसरबादीहरुको अर्को धार रहेको छ ।

हाम्रो पार्टी अध्यक्षले नेतृत्व गर्नु भएको राष्ट्रवादी धारले मात्र देशमा सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्ने भएको १० औैँ महाधिबेशनमा  देखिएको नेपाली जनता/ कार्यकर्ताको आकर्षणलाई कायम राखी आगामी तिनै तहको निर्वाचनमा दुईतिहाई बहुमतका साथ सबै तहको सरकारको नेतृत्व गर्ने तहमा पार्टीलाई पुर्याउन सबै तहका नेता/ कार्यकर्ता लाग्नुहोस् ।

पार्टी नेतृत्वले संखुवासभा/प्रदेश १ प्रति भरोशा गरेर महत्वपुर्ण जिम्मेवारी सुम्मेको छ । यसलाई संखुवासभा/प्रदेश नं १ गर्न सक्छ भनेर प्रमानित गरेर देखाउछाैँ भनेर प्रतिवद्दता व्यक्त गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org