ताजा समाचार

सभामुखलाई ओलीको चेतावनी– एमालेका सांसदलाई धम्की नदिनू

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरूलाई धम्की नदिन सभामुख अग्नि सापकोटालाई चेतावनी दिएका छन् । मंगलबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटालाई आफ्ना पार्टीका सांसदहरूलाई धम्की नदिन चेतावनी दिएका हुन् ।

उनले संसद्मा आफ्नो पार्टीका सांसदहरूले विरोध जनाउँदा नियमावली आकर्षित हुन्छ भनेकोप्रति आपत्ति जनाउँदै एमाले सांसदहरूलाई धम्की दिए परिणाम नराम्रो हुने समेत बताए । अध्यक्ष ओलीले धम्की दिने जमाना गएको भन्दै नाङ्लो ठटाएर हात्ती तर्साउन नखोज्न पनि सभामुख सापकोटालाई सचेत गराए ।

अध्यक्ष ओलीले भने, “फेयर गराउन हामी बाध्य गराउँछौँ । संसद् पनि फेयरल्ली चलाउनुपर्छ । त्यसैले नियमावली आकर्षित हुन्छ वाह ? संसदीय  भाषा, नियमावली आकिर्षित हुन्छ, कहाँ कहाँ नियमावली आकर्षित हुन्छ ? त्यसो भएर धम्की दिने जमाना थियो होला, अब नदिए हुन्छ । नाङ्लो ठटाएर हात्ती तर्साउनुपर्दैन । निकाल्छु भन्नेहरूलाई कारबाही गर्छु भन्ने हरूलाई, नियमावली आकर्षित हुन्छ भन्नेहरूलाई, म आवेग, उत्तेजनामा नआउन सुझाव दिन्छु । आवेग उत्तेजनामा नआउनुस् । परिणाम नराम्रो होला,” उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org