ताजा समाचार

सेयरकारोबारीले चन्दा दिएन होला, प्रचण्ड साम्राज्यवादको रूप भनिदिए : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेयरबाजारबारे प्रचण्डले गरेको टिप्पणीको खण्डन गरेका छन् ।

कुन सेयर कारोबारीले चन्दा नदिएकाले प्रचण्डले पुँजीबजारविरुद्ध बोलेको उनको आरोप छ ।

‘प्रचण्डले सेयरबजारका बारेमा बडो क्रान्तिकारी भएर बोलेछन्, साम्राज्यवाद विकसित भएपछि सेयरबजारमा जान्छ भनेछन्,’ पार्टीद्वारा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘लेनिनभन्दा दुई कदमअघि बढेर नयाँ सिद्दान्त ल्याए छन् । कुन सेयर कारोबारीले चन्दा दिएन छन्, अनि त्यसविरुद्ध बोले । न रहे बाँस, नबजे बाँसुरी ।’

लेनिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए । प्रचण्डले त्योभन्दा बढ्दा जान्ने भएर सेयर बजार साम्राज्यवादको विकसित रूप हो भनिदिएको ओलीको भनाइ छ ।

‘त्यसबाट सेयरमा लगानी गर्ने जनताको जीवन के असर पर्छ कुनै मतलब छैन । कुन सेयर कारोबारीले चन्दा दिएन होला । अब म ध्वस्त पारिदिन्छु भनेर उनले त्यस्तो भनिदिए’, ओलीले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org