ताजा समाचार

कांग्रेस महामन्त्रीको मतगणना सुरु, ‘चार घण्टामा नतिजा सार्वजनिक हुने’

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु भएको छ । अहिले बिहान करिब साढे १० बजेदेखि मतगणना सुरु गरिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।

तीन स्थानमा मतगणना गरिँदै छ । करिब चार घण्टामा नतिजा सार्वजनिक हुने समितिले जनाएको छ ।

महामन्त्रीका लागि ६ जना प्रतिष्पर्धामा छन् । त्यसमध्ये दुईजना निर्वाचित हुनेछन् । नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, डा. मीनेन्द्र रिजाल, डा. प्रकाशरण महत, प्रदीप पौडेल र डा. राजाराम कार्की प्रतिष्पर्धामा छन् ।

मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गरिने यसअघि निर्णय नै भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org