ताजा समाचार

मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिए

काठमाडाैँ । नेपाली कांग्रेसका नेता एवम् चौधौं महाधिवेशनमा महामन्त्रीका प्रतिस्पर्धी डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका छन्।

कांग्रेस महामन्त्री अन्तिम नतिजा आइनसक्दै आफू पराजित भएको भन्दै रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका हुन्।

महामन्त्री पदको मतगणना जारी भइरहेका बेला उनी पाँचौ नम्बरमा छन्।

केही बेरअघि उनले सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org