ताजा समाचार

२९२० मत गन्दा गगन थापालाई झन्डै दुई तिहाइ, विश्वप्रकाशलाई ४० प्रतिशत मत

काठमाडाैँ । नेपाली कांग्रेसको महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा जिततर्फ अग्रसर भएका छन्।

२९२० मत गणना हुँदा यी दुई युवा उम्मेदवारले अरू चार उम्मेदवारलाई पछि पारिरहेका छन्।

पहिलो नम्बरमा रहेका गगन थापाले १९१२ मत पाएका छन्।  यो अहिलेसम्म गणना भएको मतको झन्डै दुई तिहाइ हो।

दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माले ११८३ मत ल्याएका छन्। शर्माले पाएको मत अहिलेसम्म गणना भएको मतको ४०.५१ प्रतिशत हो।

तेस्रो स्थानमा रहेका प्रकाशशरण महतले ९६३ मत ल्याएका छन् भने चौंथो स्थानमा रहेका प्रदीप पौडेल ८७१ मत पाएका छन्।

पाँचौं नम्बरमा मीनेन्द्र रिजाल छन्। उनले ४९८ मत पाएका छन् राजाराम कार्कीले ७१ मत ल्याएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org