ताजा समाचार

कांग्रेस महामन्त्री मतगणना अपडेट : थापा र शर्माको अग्रता कायमै

काठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ।

३३२० मत गन्दा गगनकुमार थापा र विश्वप्रकाश शर्मा क्रशमः पहिलो र दोस्रो स्थानमा कायमै छन्। थापाले २१६४ मतसहित अग्रता कायम राख्दा शर्मा १३२८ मतसहित दोस्रो स्थानमा छन्।

यसैगरी प्रकाशशरण महत १०९२, प्रदीप पौडेल ९९९, मीनेन्द्र रिजाल ५८८ र राजाराम कार्कीले ७६ मत ल्याएका कांग्रेस निर्वाचन समितिले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org