ताजा समाचार

एमसीसीबारे सहमति खोज्‍न सर्वदलीय बैठक बोलाउने देउवा-प्रचण्डबीच सहमति

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सर्वदलीय बैठक बोलाउने सहमति भएको छ ।

शुक्रबार बिहान भएको भेटमा सर्वदलीय बैठक बोलाउने सहमति भएको हो ।

‘देउवा र प्रचण्डले आज बिहान छलफल गरेर सर्वदलीय बैठक बोलाउने सहमति गरेका हुन्’ देउवा निकट एक मन्त्रीले भने ‘अब छलफल गरेर बैठक कहिले बोलाउने मिति तय गरिनेछ ।’

‘अमेरिकी सहयोग निकाय-एमसीसीसँगको सम्झौता संसद्‌मा अघि बढाउनका लागि दलहरूको सहमति खोज्‍न सर्वदलीय बैठक बोलाउन लागिएको हो’ ति मन्त्रीले इकागजसँग भने । संसद्‌ प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गर्दै आइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org