ताजा समाचार

बधाइ सन्देश बोकेर चिनियाँ राजदूत यान्छी पुगिन बालकोट

काठमाडौं । नवनिर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्दै चिनियाँ राजदूत होउ यान्छीले बधाइ दिएकी छिन् ।

भेटवार्तामा राजदूत यान्छीले धाइ सन्देश दिँदै मिलेर काम गर्ने चाहना व्यक्त गरेकी छिन् ।

साथै, द्विपक्षीय हितका बारेमा समेत कुराकानी भएको अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाइँले जानकारी दिए । गत सोमबार ओलीलाई भेट्न राजदूत यान्छी ओली निवास भक्तपुरको बालकोट पुगेकी थिइन् ।

भारत र अमेरिकाले समेत महाधिवेशनको बेलामै बधाइ सन्देश दिइसकेका छन् । मंसिर दोस्रो साता चितवनमा भएको महाधिवेशनबाट ओली अध्यक्षमा पुनःनिर्वाचित भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org