ताजा समाचार

एमसीसीकै कारण गठबन्धन टुट्दैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का कारण सत्तारुढ गठबन्धन नटुट्ने दाबी गरेका छन् ।

न्युज एजेन्सी नेपालसँगको अन्तरवार्ताको क्रममा प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा समेत एमसीसी सुधारको गुन्जायस भएको स्विकार गरेकाले यसकै कारण गठबन्धन नटुट्ने जनाएका हुन् ।

एमसीसी तत्काल पारित नहुने अवस्थाको सिर्जना भएपनि गठबन्धन यथावत रहने प्रचण्डले जनाए । प्रधाननमन्त्री देउवा समेत एमसीसी संशोधनको पक्षमा रहेको भन्दै उनले भने, ‘अस्ति गठबन्धनको बैठकमा प्रधानमन्त्रीले पनि सुधारको गुन्जायस छ भन्नुभएको छ, अप्ठेरो नै पर्‍यो भने पनि एमसीसीका कारण गठबन्धन टुट्दैन । टुट्न हुँदैन र टुट्न दिइँदैन ।’

यस्तै, प्रचण्डले एमसीसी संसदबाट अनुमोदन हुने विषय नभएपनि पछि यसलाई समावेश गरिएकाले आशंका उत्पन्न भएको जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org