ताजा समाचार

प्रचण्डको राजनीतिक दस्तावेज स्थायी समितिमा पेस, बैठक ३ बजे पुन: बस्ने

काठमाडौं । राष्ट्रिय सम्मेनलबारे छलफल गर्न बसेको नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

शुक्रबार बिहान बसेको बैठकमा प्रचण्डले संक्षिप्तरूपमा प्रतिवेदन वाचन गरेर पेस गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनका अनुसार प्रतिवेदनमाथि दिउँसो तीन बजे बसेर पुनः छलफल हुनेछ ।

नेकपा मसालबाट विद्रोह गरेको समूह र नेकपा (माओवादी) बाट विद्रोह गरेको प्रभात चलाउनेको समूह माओवादी केन्द्रमा समाहित हुने कार्यक्रम रहेकोले केहीबेर बैठक स्थगित गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org