ताजा समाचार

यी हुन् मन्त्रिपरिषद बैठकका सात निर्णय

काठमाडौं । सरकारले क्रिश्चियन धर्मालम्वीहरुको चाड क्रिश्मसको अवसरमा शनिबार सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गर्दै शनिबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकको निर्णय आज (शुक्रबार) सार्वजनिक गर्दै सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार बसेको बैठकले विभिन्न ७ विषयमा निर्णय गरिएको जानकारी दिए ।

यस्ता छन् मन्त्रिपरिषद बैठकको निर्णय–

१) औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी कोष स्थापना गर्ने

२) विद्यायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती गर्ने

३) क्रिसमसडेका अवसरमा शनिबार सार्वजनिक विदा दिने

४) संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि पूर्व स्वीकृती दिने

५) राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने

६) जिल्ला सभा रुपनदेहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तानान्तरण गर्न स्वीकृती दिने

७) हुलाक बस्तुको दररेट पुनारावलोकन गर्न स्वीकृती दिने, वैदेशिक द्रुत डाकसेवा महसुल पुर्नावालोकन गर्ने 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org