ताजा समाचार

महाधिवेशन अघि पेरिसडाँडामा माओवादीको केन्द्रीय समिति बैठक सुरु

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएको छ।

आजदेखि सुरु हुने ८ औँ महाधिवेशन अघि माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको हो।

केही बेरअघि पार्टी केन्द्रीय कार्यालयमा माओवादी केन्द्रको बैठक सुरु भएको हो।

बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी समिति बैठकको शनिबारको निर्णय अनुमोदन गर्ने एक नेताले जानकारी दिए।

माओवादी केन्द्रले आज दिउँसो काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आफ्नो महाधिवेशन उद्घाटन गर्दै छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org