ताजा समाचार

नेकपा माओवादीको आठौँ महाधिवेशन (फोटोफिचर)

काठमाडौँमुख्य राजनीतिक दलको महाधिवेशन सिजन चलिरहेका बेला आइतबार काठमाडौँमा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्र चल्यो । काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा भएको माओवादीको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु थिए ।


यस्तै एमाले महासचिव शंकर पोखरेल, नेकपा क्रान्तिकारीका नेता सीपी गजुरेल, राप्रपाकी महामन्त्री कुन्ती शाही, नेकपा मशालका महासचिव सिपी मैनाली, लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा पनि पुगेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सम्मेलनलाई अचानक आठौँ महाधिवेशनमा परिणत गरेका थिए । जसअनुसार अन्तिम समयमा मात्रै अरु दलका नेताहरुलाई उद्घाटन सत्रमा बोलाइएको थियो ।

शुभकामना सन्देश दिन बोलाइएका नेताहरुले खुलेर भाषण गरे । एक अर्कालाई घोचपेच पनि गरे । अनि माओवादी कलाकारहरुले प्रदर्शन गरेको सांस्कृतिक गीत सुन्दै नृत्य पनि हेरे । यसवर्ष महाधिवेशन सिजन चलिरहदा नेकपा एमाले, कांग्रेस र राप्रपाले महाधिवेशन सम्पन्न गरिसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org