ताजा समाचार

चन्द्रागिरीमा हिउँ खेल्न थामिनसक्नु भीड (तस्बिरहरू)

काठमाडौं । हिमपात सुरू भएसँगै काठमाडौं नजिकको चन्द्रागिरी डाँडामा हिउँ हेर्न आउनेहरूको लर्को लागेको छ ।

चिसो मौसमको परवाह नगरी काठमाडौंका विभिन्न स्थानबाट युवा-युवती र किशोर-किशोरीहरु हिउँसँग रमाउन चन्द्रागिरीमा ओइरिएका छन् ।

आज बिहानबाट देशका विभिन्न भागमा हिमपातको खबरसँगै चन्द्रागिरीमा मानिसहरूको चहलपहल बाक्लिएको थियो । दिउँसोसम्म यहाँ हजारौंको संख्यामा उपस्थिति देखिएको छ । चन्द्रागिरीमा अवस्थित भालेश्वर महादेवको मन्दिर दर्शन गर्न लामो लाइन लागेको छ ।

काठमाडौंको सबैभन्दा अग्लो स्थानका रुपमा रहेको र केवलकारसमेत जोडिएकाले पछिल्ला वर्षहरुमा चन्द्रागिरी पर्यटकीय आकर्षणको स्थान बन्दै आएको छ । हिमपातले यहाँको आकर्षणलाई थप बढाइदिएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org