ताजा समाचार

माओवादी महाधिवेशन : राति ८ बजदेखि उमेदवारी दर्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । शनिबार अपराह्न निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार शनिबार राति ८ देखि साढे १० बजेसम्म उमेदवारी दर्ता गर्ने समय तोकिएको छ । मतदान भने आइतबार बिहान साढे ११ देखि अपराह्न ४ बजेसम्म हुनेछ ।

महाधिवेशनस्थल काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमै मतदान हुनेछ ।

आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत पार्टीको निर्वाचनबाट २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरिनेछ । निर्वाचित केन्द्रीय कमिटीले अध्यक्षसहित १५ पदाधिकारी चयन गर्नेछ । एक हजार ७४२ जना प्रतिनिधिहरू मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।

सर्वसम्मत रूपमा नेतृत्व चयनको प्रयास गरिए पनि अन्ततः निर्वाचनबाटै केन्द्रीय कमिटी सदस्य निर्वाचित हुने भएका छन् । अध्यक्षमा भने पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन हुने नेताहरूले बताएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org