ताजा समाचार

अध्यक्ष प्रचण्डले २९९ केन्द्रीय सदस्यको नाम घोषणा गर्दै

काठमाडाैँ । नेकपा माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय कमिटी सदस्य टुङ्ग्याएको छ ।

बन्दसत्र सुरु हुनुअघि बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले प्रदेशबाट आएका सिफारिसका  आधारमा २९९ सदस्यीय केन्द्रीय कमिटी सदस्यको नाम टुङ्गिएका जानकारी दिएका हुन् ।

बैठकपछि स्थायी कमिटी सदस्य गणेश शाहले अब सुरु हुने  बन्दसत्रमा अध्यक्ष प्रचण्डले नाम पढेर सुनाउने जानकारी दिए ।

बन्दसत्रले केन्द्रीय कमिटी सदस्यहरुको नाम अनुमोदन गरेलगत्तै  केन्द्रीय कमिटी बैठक बसेर १५ सदस्यीय पदाधिकारी चयन गर्ने शाहको भनाई छ ।  गत आइतबारबाट सुरु भएको माओवादीको आठौं महाधिवेशनले  यसअघि प्रचण्डको राजनीतिक तथा वैचारिक प्रतिवेदन र विधान  संशोधन प्रस्ताव सुझावसहित पारित गरेको छ ।

आजै नयाँ नेतृत्व  चयन गरेर महाधिवेशन आज आइतबार नै समापन गर्ने  माओवादीको तयारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org