ताजा समाचार

माओवादी महाधिवेशन : यी चार जिल्ला केन्द्रीय सदस्य शून्य

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट चार जिल्लाबाट केन्द्रीय सदस्य शून्य भएका छन् ।

आइतबार माओवादी अध्यक्ष पुष्पकमल दाहालले घोषणा गरेको लिस्टमा चार जिल्लाबाट केन्द्रीय सदस्य शून्य भएका हुन् ।

रसुवा, म्‍याग्‍दी, ताप्लेजुङ र मुगुबाट एक जना पनि केन्द्रीय सदस्यमा चयन भएका छैनन् । त्यस्तै डोल्पाबाट एकजना मनोनीत भएका छन् । सबैभन्‍दा बढी रोल्पाबाट १४ जना केन्द्रीय सदस्य भएका छन् ।

महाधिवशेनमा दाहालले २३६ जना केन्द्रीय सदस्य मनोनीति गरेका थिए । २९९ केन्द्रीय कमिटी बनाउने माओवादीले बाँकी पछि मनोनीत गर्ने जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org