ताजा समाचार

सत्ता गठबन्धनको उच्चस्तरीय समन्वय समिति बैठकले गर्‍यो दुई निर्णय

काठमाडाैँ । काँग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय राजनीतिक समन्वय समितिले दुई वटा विषयमा छलफल गरेको छ ।

विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले राष्ट्रियसभा चुनाव र प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा छलफल गरेको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बताए ।

कार्कीका अनुसार बैठकले गठबन्धनबाट राष्ट्रियसभामा साझा उम्मेदवारलाई जिताउन अपील गरेको छ । आगामी माघ १२ गते १९ सिटमा हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन सातै प्रदेशमा संयन्त्र बनाउने निर्णय भएको उनले बताए ।

राष्ट्रियसभामा गठबन्धन सम्बद्ध दल काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच तलमेल भएको छ । जसमा काँग्रेसले ६, जसपाले २, जनमोर्चाले १, माओवादी र एकीकृत समाजवादीले ५–५ सिटमा उम्मेदवार उठाएका छन् । सबै उम्मेदवार जिताउने गरी रणनीति बनाएर जाने बैठकले निष्कर्ष निकालेको कार्कीले बताए ।

मन्त्री कार्कीका अनुसार बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमणको शुभकामना दिएको छ । बैठकले दुई देश बीचको सम्बन्ध सुधार र सुदृढ हुने विश्वास गरेका कार्कीले बताए । प्रधानमन्त्री देउवा ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’मा सहभागी हुन यही पुस २५ गते भातर जाँदै छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुस २६ मा उद्घाटन गर्ने समिटमा देउवाले पनि सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा भारतीय समकक्षी मोदीसँग देउवाले भेटवार्ता गर्ने कार्यक्रम छ ।

रासायनिक मल आयात, ऊर्जा व्यापार, हवाई रुट, सीमा विवादलगायतका विषय देउवाको भ्रमणका एजेण्डा गरेका छन् । तीन दिने भ्रमण सकेर देउवा पुस २८ मा दिल्ली हुँदै काठमाडौं फर्किने कार्यक्रम छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org