ताजा समाचार

संसद् अवरोध हटाउन आग्रह गर्न देउवा र प्रचण्ड ओली निवास जाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास जाने भएका छन् ।

अदालतमा विचाराधीन मुद्दामा संसद् अवरोध नगर्न आग्रह गर्न उनीहरु दुवै ओली निवास बालकोट जान लागेका हुन् ।

उच्चस्तरीय संयन्त्रका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले संसद्को गतिरोध अन्त्यका लागि दुवै नेताहरु ओली निवास पुगेर आग्रह गर्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org