ताजा समाचार

प्रधानमन्त्रीको ओलीलाई आग्रह : संसद् खुलाउन सहयोग गर्नुस्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसदको अवरोध हटाउन सहयोग गर्न आग्रह गरेका छन्।

ओलीलाई भेट्न शनिबार बालकोट पुगेका प्रधानमन्त्री देउवाले ओलीलाई संसदको अवरोध हटाउन आग्रह गरेको प्रेस संयोजक गोविन्द परियारले बताए।

प्रमुख प्रतिपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर निरन्तर संसदमा अवरोध गर्दै आइरहेको छ। प्रधानमन्त्रीले संसदको अवरोध हटाउन बोलाएको सर्वदलीय बैठक समेत एमालेले बहिष्कार गरेको थियो।

तर, सर्वदलीय बैठकमा सहभागी नेताहरुले संसदको अवरोध हटाउन ओलीसँग छलफल गर्न आग्रह गरेका थिए।

प्रधानमन्त्रीले ओलीलाई संसदमा विचाराधीन अमेरिकी परियोजना एमसिसी सम्झौता अगाडि बढाउन सहयोग गर्न आग्रह गरेको समेत बुझिएको छ। पाँच दलीय सत्ता गठबन्धनमा एमसिसीबारे कुन नमिल्दा अगाडि बढ्न सकेको छैन।

यसअघि ओलीसँग संसदको अवरोध हटाउने विषयमा छलफल गर्न सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल बालकोट पुगेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org