ताजा समाचार

एमाले संखुवासभा अध्यक्षमा घिमिरे सर्वसम्मत निर्वाचित

संखुवासभा,२८ पुष । नेकपा एमाले संखुवासभाको अध्यक्षमा जीतबहादुर घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् । अघिल्लो कार्यसमितिका अध्यक्ष रहेका घिमिरेलाई पुन:अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।
२६ गते ८ औँ जिल्ला अधिवेशन पार्टी अध्यक्ष केपी शर्माद्वारा उद्घाटन भएको थियो ।
एमालेको बुधबार साँझसम्म जारी बन्दसत्रबाट नेतृत्वको घोषणा गरिएको हो ।
जिल्ला कमिटी उपाध्यक्षमा कृष्ण तामाङ सचिवमा खड्ग राई, उप-सचिवमा ओङ्दावे भोटे र भरत खड्कासहित ९७ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org