ताजा समाचार

नेपाल ग्रामिण पुननिर्माण संस्थाद्वारा जोखिमपुर्ण समुदायलाई राहत सामाग्री वितरण

संखुवासभा । नेपाल ग्रामिण पुननिर्माण संस्था(आरएनएन) द्वारा जोखिमपुर्ण समुदायका लागी राहत सामाग्री वितरण गरेको छ ।

संखुवासभाको भोटखोला गाँउपालिका वडा नं ४ र ५ का जोखिम पुर्ण समुदायलाई राहत सामाग्री वितरण गरिएको हो ।

अमेरिकाका लागी पुर्व राजदुत तथा नेपाल ग्रामिण पुननिर्माण संस्था(आरएनएन) का कार्यकारी निर्देशक डा. अर्जुन कुमार कार्कीको प्रमुख आतिथ्यतामा भोटखोला निवासी १२ सय घर धुरीलाई राहत सामाग्री वितरण गरिएको हो ।

राहत सामाग्रीमा चिसोबाट वच्न नवजात शिशु,जेष्ठ नागरीकलागतका लागी ८ प्रकारका (बेसिक सेल्टर कीट,सेल्टर टुल कीट,हाउस होल्ड कीट,वीन्टरराईजेसन कीट,कम्वल डिीगनिटी कीट,हाइजिन कीट र वेवि प्याक) वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक डा. कार्कीले भनेः  आरएनएनको जोखिम पुर्ण समुदायका लागी सहयोग परियोजनामार्फत  प्राकृतिक विपत तथा आपतकालिन अवस्थामा चाहिने सामाग्री ल्याएर आएका छाैँ । यो राहत सामाग्री यहाँसम्म ल्याउनका लागी नेकपा एमालेका प्रदेश कमिटी सदस्य टिकाराम गुरुङ्गले महत्वपुर्ण सहयोग पुर्याउनु भएको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org