ताजा समाचार

राजनीतिक समन्वय समितिको बैठक बस्दै

काठमाडौं । सरकार सञ्चालनमा सहयोग गर्न गठित राजनीतिक समन्वय समितिको बैठक आज पनि बस्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने बैठक निर्वाचनलगायत विषयमा केन्द्रित हुने माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिएका छन् ।

निर्वाचन ऐन संशोधन, तीनै तहका निर्वाचन तथा स्थानीय निकायको निर्वाचन पहिला गरेर पछि संसद र प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव आजको बैठकका मुख्य एजेण्डा रहेको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org