ताजा समाचार

सत्तारुढ गठबन्धनको बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्तताका कारण सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ ।

आज ४ बजे गठबन्धन समन्वय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको थियो ।

प्रधानमन्त्रीको कार्यव्यस्तताको कारण देखाउँदै बैठक स्थगित गरिएको गठबन्धन समन्वय समितिका एक नेताले बताए ।

आजको बैठकमा स्थानीय तहको निर्वाचनभन्दा पहिले संसदीय निर्वाचन गर्नेबारे छलफल हुने बताइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org