ताजा समाचार

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौँ । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएपनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

बिहीबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच भेटवार्ता भएको स्रोतले बतायो ।

माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचन, वैशाखमा हुने भनिएको स्थानीय चुनावको मिति घोषणालगायतका विषयमा समान धारणा बनाउन नेताहरुबीच छलफल भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org