ताजा समाचार

प्रधानमन्त्रीको सम्बोधन अझै सुरु भएन

- न्युज नेपालदिउँसो ३ बजे हुने भनिएको सम्बोधन ४ बज्न लाग्दा पनि सुरु हुन सकेको छैन

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार दिउँसो ३ बजे राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन एक घण्टा बित्दा पनि सुरु भएन।

प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले दिउँसो ३ बजे देशवासीलाई सम्बोधन हुने बताएका थिए।  र दिउँसो ३ बजे हुने भनिएको सम्बोधन ४ बज्न लाग्दा पनि सुरु हुन सकेको छैन।

प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने तयारी छ।  प्रधानमन्त्रीले आफ्नो सरकारको ६ महिना पूरा भएको अवसरमा सम्बोधन गर्न लागेका हुन्।

उनले देश कोरोना महामारीको चपेटामा परिरहेको र स्थानीय तथा संघीय निर्वाचनबारे छलफल चलिरहेका बेला सम्बोधन गर्न लागेका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org