ताजा समाचार

संसदभित्रको विवाद छिट्टै समाधान हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदभित्रको विवाद छिट्टै समाधान गर्ने बताएका छन्।

उनले राष्ट्रका नाममा सम्बोधन गर्दै संसदभित्रको विवाद सबै राजनीतिक दलहरुसँग परामर्श गरेर समाधान गर्ने बताए। उनले सरकारलाई एक वर्षभित्र तीन वटै तहको निर्वाचन गराउनुपर्ने जिम्मेवारी रहेको बताउँदै त्यो पनि निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाए।

उनले सुरक्षाका मापदण्डको पूर्ण पालना गर्दै कोभिडविरुद्ध लड्नुपर्ने बताउँदै सजगता अपनाउन सबै नेपालीमा आग्रह गरे। कोभिड नियन्त्रणलाई रोकथाम गर्न खोप नै जरुरी रहेको बताउँदै खोप अभियान जारी रहेको बताउँदै उनले उपचार व्यवस्थालाई चुस्तदुरुस्त बनाएको उल्लेख गरे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org