ताजा समाचार

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा मतदान सुरु, मुख्यमन्त्रीले खसाले पहिलो मत

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पहिलो मत खसालेको निर्वाचन कार्यालयले जनाएको छ ।

लुम्बिनीमा प्रदेशसभा सदस्य ८१ र १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ गरी २९६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । लुम्बिनीमा तीन पदका लागि मतदान सुरु भएको हो ।

दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org