ताजा समाचार

राष्ट्रियसभा सदस्यमा लुम्बिनीबाट गठबन्धनका सबै उम्मेदवार विजयी

दाङ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ ५ दलीय गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनका उम्मेदवारले ४ हजार ३ सय ७४ मतभार प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवारले २ हजार ३ सय १२ मत पाएका छन् ।

राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनेमा नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका कुलप्रसाद विश्वकर्मा रहेका छन् ।

निर्वाचन कार्यालयले आधिकारिक घोषणा भने गरिसकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org