चुनाव नगर्ने षडयन्त्रविरुद्ध सशक्त आन्दोलनमा उत्रिन एमाले अध्यक्ष ओलीको निर्देशन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्र भइरहेको भन्दै चुनावका लागि सरकारलाई बाध्य पार्नेगरी आन्दोलनमा उत्रिन भ्रातृ संगठनहरुलाई निर्देशन दिएका छन् ।
अध्यक्ष ओलीले शुक्रबार पार्टीका केही नेता र जनसंगठनका प्रमुखहरुलाई बोलाएर स्थानीय तहको चुनावका लागि दबाबमूलक आन्दोलनको तयारी गर्न निर्देशन दिएका हुन् । चुनाव नगर्ने विषय निकै संवेदनशील भएकाले यसलाई सामान्यरुपमा लिन नहुने ओलीको भनाइ थियो ।
एमाले संगठन विभागका प्रमुख खगराज अधिकारी, जनसंगठन समन्वय संयन्त्रका इन्चार्ज भानुभक्त ढकाल, युवा नेताहरु गोकुल बास्कोटा, महेश बस्नेत, माधव ढुंगेललगायत जनवर्गीय संगठनका नेताहरुसँगको छलफलमा अध्यक्ष ओलीले सशक्त आन्दोलनमा उत्रिन निर्देशन दिएको भेटमा सहभागी एक नेताले बताए ।
सत्ता गठबन्धन स्थानीय चुनाव नगर्ने र संविधान मिच्ने काममा खुलेआम लाग्दा पनि एमालेका जनवर्गीय संगठनहरुले सशक्त प्रतिवाद नगरेकोमा ओलीले असन्तुष्टि जनाएका छन् । अध्यक्ष ओलीको निर्देशनलगत्तै शनिबार जनसंगठन समन्वय संयन्त्रको बैठक बस्दैछ ।
ओलीको भनाइ उदृत गर्दै ती नेताले भने– सत्ता गठबन्धन खुलेआम संविधान मिच्न र चुनाव नगर्ने खेलमा छ । हामीले चुनाव गराउन खोज्दा प्रतिगमन भनियो । अहिले संविधान नै मान्दिनँ भनेर सत्ता गठबन्धन लाग्दा पनि विरोधको स्वर सानो मात्र सुनिन्छ । तपाईहरु तुरुन्तै आन्दोलनको तयारीमा लाग्नुस् ।
जनसंगठन समन्वय संयन्त्रको बैठकले स्थानीय तह चुनावको पक्षमा माहोल बनाउन आन्दोलनका कार्यक्रमहरु तय गर्ने बताइएको छ ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
एमाले महाधिवेशन : चुनावी प्रक्रिया सुरु !
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा...
-
एमाले केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । करिब ४ दशक लामो...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...












