ताजा समाचार

ऐन कानुन संशोधन गरेर निर्वाचन सार्नु हुँदैन: शेखर कोइराला

काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् ।

आइतबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिएका हुन् ।

कोइरालाले सरकारले निर्वाचनका विषयमा सिधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने तर्क गर्दै ऐन कानुन परिवर्तन गरेर निर्वाचन सार्न नहुने बताए । ‘गठबन्धन दलसँगभन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुन्छ,’ उनले भने ।

कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा पराजित भएका वरिष्ठ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न सभापति देउवालाई सुझाव दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org