ताजा समाचार

एमसीसी आलटाल नगरी संसद्बाट पारित गरौँ : बाबुराम

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी संसद्बाट पारित गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले एमसीसी सर्वसम्मतिले संसद्बाट पारित गर्नुपर्ने र सबै दल एक भएर त्यसबारे जनतालाई बुझाउनुपर्ने बताएका हुन् ।

आइतबार राति ट्विट गर्दै उनले एमसीसीकै करण सत्ता गठबन्धन टुट्न नहुने पनि बताएका छन् ।

“एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसद्बाट पारित गरौँ । सबै एकमुख भएर जनतालाई बुझाऊँ । यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्,” उनले लेखेका छन्, “यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिस्ट’का लागि घाँटीको हाड नबनोस् ! देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् ! शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् !’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org