ताजा समाचार

देउवा-प्रचण्डबिच भेटवटर्ताः एमसीसीका कारण गठबन्धन तलमाथि नहुने

काठमाडौं । एमसीसी पारित गर्ने विषय पेचिलो बनिरहेका बेला सत्ता गठबन्धनका दुई प्रमुख नेता प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएको छ ।

प्रधानमन्त्री देउवासँग छलफल गर्न अध्यक्ष प्रचण्ड आज बिहान बालुवाटार गएका थिए । दुई नेताबीचको वार्ताको विस्तृत विवरण दुवै पक्षले दिएका छैनन् । एमसीसीको विषयमा गठबन्धनमा विवाद नभएको र यसले गठबन्धन तलमाथि नहुने नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री र माओवादी अध्यक्षबीच स्थानीय तहको निर्वाचनको मिति तथा एमसीसीलगायतका विषयमा छलफल भएको बताइएको छ । सत्ता गठबन्धनलाई एमसीसीको कारण कुनै खतरा नरहेको दुवै पक्षले बताएका छन् ।

यसअघि प्रधानमन्त्री देउवा, प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबीच एमसीसी पारित गर्ने सहमति भइसकेको छ । तर, त्यसका लागि प्रचण्ड र माधव नेपालले १० दिनको समय मागेको पौडेलनिकट स्रोतले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org