ताजा समाचार

स्थानीय तहको निर्वाचन जेठ ५ भित्रै हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ ५ भित्रै हुने बताएका छन् ।

प्रधानमन्त्री देउवाले वर्तमान संविधान र ऐनमा संशोधन नगरी जेठको पहिलो साता नै निर्वाचन गर्ने तयारी भइरहेको बताएका हुन् । नेपाली कांग्रेस वाग्मती प्रदेशका नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा देउवाले यस्तो बताएका हुन् ।

ऐनबमोजिम स्थानीय तहका जनप्रतिनिधिको पदावधि जेठ ५ गते पूरा हुन्छ । प्रधानमन्त्री देउवाले त्योभन्दा अगावै स्थानीय तहको निर्वाचन हुने बताएको कांग्रेस वाग्मती प्रदेशका उपसभापति मोहनबहादुर बस्नेतले जानकारी दिए ।

‘ऐन संशोधन गर्न झन्झट छ, त्यसैले सकेसम्म ऐन संशोधन नगरी स्थानीय तहको निर्वाचन गर्ने प्रयत्न भइरहेको छ,’ भेटमा प्रधानमन्त्रीले उद्धृत गर्दै उपसभापति बस्नेतले भने, ‘जेठको ५ गतेभित्रै स्थानीय तहको निर्वाचन हुन्छ, एकै चरणमा हुन्छ ।’

प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धन दलहरूबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेरै चुनाव लड्ने तयारी भएको समेत बताएको बस्नेतले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org