ताजा समाचार

प्रधानमन्त्रीले बोलाए निर्वाचन आयोगका पदाधिकारीलाई, चुनावको मिति तोक्न परामर्श गर्ने

काठमाडौं । स्थानीय तहको निर्वाचनको मितिबारे प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग परामर्श गर्ने भएका छन् ।

परामर्शका लागि देउवाले आयोगका आयुक्तहरुलाई बालुवाटार बोलाएका छन् । आज दिउँसो ३ बजे छलफल हुने तय भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
स्थानीय तहका पदाधिकारीहरुको म्याद जेठ ५ गते सकिँदैछ । त्यसअघि नै निर्वाचन गर्दा ऐन संशोधन गर्नु नपर्ने आयोगको भनाइ छ । आयोगले यसअघि वैशाख १४ र २२ मा निर्वाचन गर्न प्रस्ताव गरेको थियो ।

तर, ऐन संशोधनपछि मात्रै निर्वाचन गर्ने भन्दै सत्तारुढ गठबन्धनले जेठ मसान्तभित्र चुनाव गर्ने निर्णय गरेको थियो । ऐन संशोधन झन्झटिलो भएकाले जेठ ५ अघि नै निर्वाचन गर्ने विषयमा छलफल हुन लागेको बताइएको छ ।

यसअघि प्रधानमन्त्री देउवाले वाग्मती प्रदेशका नेताहरुसँगको छलफलमा जेठ ४ गते निर्वाचन गर्ने तयारी गरेको बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org