ताजा समाचार

सोनाम ल्होसारको अवसरमा अध्यक्ष दाहालको शुभकामना

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संविधानले सुनिश्चित गरेको समावेशीता र समानुपातिक अवधारणालाई मजबुत गरी समाजवादी लक्ष्य हासिल गर्न र राष्ट्रिय भावनाको विकास गर्न सचेततापूर्वक खबरदारी आवश्यक रहेको बताएका छन् ।  तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

परम्परागत र सांस्कृतिक महत्वका साथ तामाङ समुदायले मनाउने यस पर्वले सबै नेपालीमा सुख, शान्ति र समृद्धि पथमा लम्किरहन प्रेरणा मिलोस् भन्ने अध्यक्ष दाहालको कामना छ । उनले कूल पूजा र प्रकृति पूजा गर्दै मनाइने यस पर्वलाई तामाङ समुदायले विशेष उत्सवका रूपमा मनाउने गरेको तथा सरल र मिलनसार यो समुदाय समूहगतरुपमा शुभकामना आदानप्रदान गर्दै मिठो मसिनो खाने र रमाइलो गर्ने गर्दछन् भन्ने स्मरण गरेका छन्।

अध्यक्ष दाहालले सन्देशमा भनेका छन, ‘विभिन्न समुदायका यसप्रकारका सांस्कृतिक पर्वहरूले नेपालीहरूबीच आपसी हार्दिकता र सामाजिक सहिष्णुताको विकास भई राष्ट्रिय अखण्डता र ऐक्यबद्धतामा सघाउ पुर्‍याउँछ ।’ स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि राष्ट्रियता र देशभक्ति भावना जागृत गर्न सबै नेपालीमा आह्वान गर्दै उहाँले  सु–स्वास्थ्य र दीर्घायुको शुभेच्छासहित सोनाम ल्होसारको शुभकामना व्यक्त गरेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org