ताजा समाचार

एमसिसीबारे प्रचण्ड र नारायणकाजीलाई प्रधानमन्त्री देउवाको फोन

काठमाडाैँ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट चाँडो पारित गर्नुपर्ने प्रस्ताव गरेका छन्।

प्रचण्ड र श्रेष्ठलाई देउवाले आइतबार बिहान टेलिफोन गरेर एमसिसीबारे छलफल गरेका हुन्।

एमसिसीबारे पार्टीको धारणा प्रष्ट रहेको जवाफ देउवाले पाएका थिए।

‘पार्टीको दृष्टिकोण प्रष्ट भइसकेपछि यो आजै दिउँसै, बेलुकै कुरा गरेर हुँदैन। हामी यसमा प्रष्टै छौ,’ टेलिफोन कुराकानीबारे माओवादी केन्द्रका एक नेताले भने,’जालझेल, छक्का पञ्जाको कुरा भएन। यथास्थितिमा हामी पारित गर्न तयार छैनौं भनेर नेताहरूले भन्नुभएको छ।’

टेलिफोन कुराकानीमा देउवाले ‘तपाईंहरूको कुरा त्यही हो,त्यही हो’भनेर भनेका थिए।

माओवादी केन्द्रले एमसिसी यथास्थितिमा पारित नहुने अडान राख्दै आएको छ।

देउवा र प्रचण्डले एमसिसीलाई लेखेको पत्र सार्वजनिक गरिएकोमा समेत माओवादी केन्द्रले आपत्ति जनाएको स्रोतले बताएको छ।

एमसिसीबारे छलफल गर्न प्रचण्डलाई प्रधानमन्त्री देउवाले आजै बालुवाटार बोलाएका छन्।

स्रोतका अनुसार प्रचण्ड ४ बजे बालुवाटार जाँदैछन्। सोही समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत देउवाले बालुवाटार बोलाएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org