ताजा समाचार

कांग्रेस प्रवक्ताको जिम्मेवारी डा. प्रकाशशरण महतलाई

काठमाडौं । डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेबारी पाएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले सोमबार पूर्व सह-महामन्त्री महतलाई पार्टीको नयाँ प्रवक्ता नियुक्त गरेका हुन् ।

महत हालै सम्पन्न कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनमा देउवा प्यानलबाट महान्त्रीमा पराजित भएका थिए । उनी पूर्व परराष्ट्र मन्त्रीसमेत हुन् ।

महत कांग्रेसभित्र सभापति देउवाको विश्वासपात्र मानिन्छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org