ताजा समाचार

ओलीलाई प्रचण्डको फोन– एमसीसीमा निर्णय गरिदिनुस्

काठमाडौं, माघ २९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरेर एमसीसीमा निर्णय गरिदिन अनुरोध गरेका छन् ।

उनले नेकपा एमालेको धारणा सार्वजनिक भएपछि आफूहरुलाई निर्णय गर्न सहज हुने धारणा राखेको स्रोतले जनाएको छ ।

नेकपा एमालेका नेता विष्णु रिजालले यस विषयमा सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनका अनुसार ओलीले दाहाललाई पहिले ओलीलाई हटाएपछि निर्णय गर्छौँ, त्यसपछि ४,५ महिनामा पारित गर्छौँ भनेर लिखित कागज गरेको र अहिले सत्ता चलाइरहेकाले सत्तारुढ गठबन्धनले नै निर्णय गर्न भनेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org