ताजा समाचार

एमाले महासचिव पोखरेल भन्छन् : सरकारी बिजनेस सभामुखले रोक्नु गलत हो

काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सँगकाे सम्झौता संसदमा टेलब गर्न नदिएको भन्दै सभामुख अग्नि सापकोटाको आलोचना गरेका छन्।

महासचिव पोखरेलले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत एमसीसी भनेर नलेखे पनि उनले ‘सरकारी बिजनेस’ सभामुखले रोक्नु गलत भएको टिप्पणी गरेका हुन्। सभामुख सापकोटाले भने विवादित एमसीसीका विषयमा सर्वदलीय सहमति भएपछि मात्र प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरिनुपर्ने अडान लिइरहेका छन्।

‘सरकारी बिजनेस सभामुखले रोक्नु गलत हो। यो नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदको सूचना सभामुखले लुकाएजस्तै हो’, एमाले महासचिव पोखरेलले लेखेका छन्, ‘गलतलाई गलत भनौं।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org